सुकुमार्ट मार्फत यसरी निशुल्क अनलाइनमा सामान बेच्न सकिन्छ
January 10, 2022
हामीले सन २०२१ अक्टोबरबाट नेपालभरीका ब्यवसायीहरुलाई सुकुमार्ट मार्फत निशुल्क अनलाईन सामान बेच्न मिल्ने सुविधा दिएका छौ । तपाई आफैले सुकुमार्टमा सेलर एकाउन्ट खोलेर सुकुमार्टमा आफै विभिन्न प्रकारका सामानहरु पोष्ट तथा लिस्ट गर्न सक्नु हुनेछ ।
काठमाडौ उपत्यका भित्रका व्यपारीहरुलाई भने सुकुमार्ट आफैले सामानको फोटोसुट, पोष्ट, पिकअप र डेलिभरीको पनि सुबिधा दिएको छ ।
सुकुमार्टमा सेलर(भेन्डर) अकाउन्ट खोल्नको लागी सुकुमार्टको Account मा क्लिक गर्नुहोस ।
– अब Register मा गएर I am a seller(Vendor) छान्नुहोस ।
त्यसपछि यो फर्म भर्नुहोस र Register मा क्लिक गर्नुहोस ।
र Let’s Go! मा क्लिक गर्नुहोस ।
– अब क्रमैसँगले स्टोर र पेमेन्ट डिटेल्स भर्नुहोस ।
र अब तपाईको सेलेर एकाउन्ट बनेको छ ।
– Go to your Store Dashboard मा क्लिक गर्नुहोस ।
– तपाईको सेलर एकाउन्टको Dashboard देखिन्छ र तपाई Products>Add new product मा गएर सामानको फोटो र अन्य विवरण राख्नु सक्नु हुनेछ ।
– तपाई फोटोसप चलाउनु हुन्छ भने फोटोको साइज 800px x 800px मा राख्नुहोला ।
Pending Review : तपाईको सामान सुकुमार्टमा पोष्ट त भएको छ तर वेवसाइटमा देखिनकोलागी हामीले तपाईले पोष्ट गर्नु भएको सामानलाई Approve गरेर Publish गर्नुपर्ने हुन्छ, त्यो हामी गरिदिन्छौ ।
तपाईको यसरी सुकुमार्टमा Shop Page बनेको हुन्छ Facebook page बने जस्तो । एकाउन्टको पासवर्ड परिवर्तन गर्न, ग्राहकको अडरको विवरण तपाईलाई इमेलमा पनि आउनेछ ।
Youtube Video